अदुवाले बजार नपाउँद लमजुङका किसानहरू चिन्तामा



पोखरा

लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् ।

राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको हो ।

४० रोपनी बढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भए पनि पाँच रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन् ।  उत्पादित अदुवामध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरी राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताए  ।

प्रतिकेजी एक सय ५० रुपैयाँसम्म तिरेर सल्यानदेखि बीउ खरिद गरी अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रुपैयाँसम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाइ छ ।

-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja