राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग 



पोखरा

माओवादी केन्द्रका सांसदहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी थिइन् ।

‘एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयभा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस्,’ उनको भाग थियो । राष्ट्र बैंक ऐन, कर्मचरी नियमावली, गभर्नरको योग्यता लगायतका व्यवस्थाविपरीत गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभागमा सदस्य बनाइएको शर्माको भनाइ थियो ।

‘राष्ट्र बैंकजस्तो देशको अर्थतन्त्र सम्हाल्ने प्रमुख गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आबद्ध हुन नपाउने राष्ट्र बैंक, कर्मचारी नियमावली विपरीत एमालेको अर्थ तथा योजना विभागका सदस्य भनेर एम अधिकारी खोटाङ भन्ने व्यक्ति छ । ती एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी हुन् भन्ने छ,’ उनले भनिन्, ‘एकाातिर अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्ने आरोप र प्रत्यारोपमा छौं,’ उनले भनिन्, ‘राष्ट्र बैंकको प्रमुखलाई दलीय अनुशासन लाग्छ । दलका योजना पालना गर्नपर्ने हुन्छ । दलको विभागीय सदस्यमा बस्दा सरकारको नीति कार्यान्वयन गर्नुहुन्छ कि प्रतिपक्षको निति पालना गर्नुहुन्छ ?’

अर्थतन्त्रका विषयमा नियोजित ढंगले प्रमुख प्रतिपक्षले आक्रमण गरिरहेको र त्यसमा अधिकारीले सहयोग गरेको भन्ने सांसद शर्माको आरोप थियो ।त्यस्तै, सांसद अञ्जना विशंखेले पनि गभर्नर अधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja