मलेसियामा एकैदिन दुई हजार ३४५ जनामा कोभिड–१९ पुष्टि



पोखरा

मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड संक्रमितको संख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ ।

मंगलबार कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना संक्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja