पोखरा महानगरले दियो ४ वटा सामुदायिक विद्यालयलाई  एक/एक वटा बस



पोखरा

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ।लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो ।

पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कुल बसको चाबी हस्तान्तरण गरिएको हो । सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस खरिद गरिएको हो ।

एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगर शिक्षा महाशाखाले जनाएको छ । उक्त बसमा चालकबाहेक ४० सिट क्षमता छ ।

बसको चाबी हस्तान्तरणपछि मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्ने गरी गुणस्तरमा सुधार ल्याउने बताए । पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्दै आएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja