आमाको कुटाइबाट छोरा गम्भीर घाइते, आमा पक्राउ



पोखरा

आफ्नै नाबालक छोरालाई कुटेर घाइते बनाउने आमालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० जुवालथरकी ३२ वर्षीया टिकादेवी नेपाली रहेकी छन् । प्रहरीका अनुसार आमा टिकादेवीले आफ्नै ६ वर्षका नाबालक छोरा सागरलाई अंगेनामा आगो फुक्ने ढुंंग्रो र अगुल्टोले हिर्काएकी थिइन् । आमाको कुटाइबाट सागर गम्भीर घाइते भएका थिए । 

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार जनप्रतिनिधिले खबर गरेपछि प्रहरीले घाइते नाबालक सागरको उद्धार गरि अस्पताल पुर्याएको थियो । उनको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

एक जनप्रतिनिधिका अनुसार बालकको टाउकोबाट धेरै रगत बगेका कारण रगत हाल्नुपर्ने भएको छ । उनको उपचारका लागि अझै केही दिन अस्पताल राख्नुपर्ने चिकित्सकले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja