कास्कीको क्यादुखोला थुनिएपछि सतर्कता अपनाउन आग्रह



File Image

पोखरा

कास्कीको मादी गाउँपालिका वडा नं. १ स्थित पहिराका कारण नदी क्यादुखोला थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

वडाध्यक्ष गुरुङले भने, “नदी थुनिएको खबर माथिबाट प्राप्त भएपछि नदी आसपासको मानव बसोबास भएको क्षेत्र र हाइड्रोपावरहरूमा सतर्कता अपनाउन आग्रह गरेका छौँ । एक घण्टाजति थुनिएको नदी अहिले विस्तारै थोरै मात्रामा बग्न थालेको जानकारी प्राप्त भएको छ । माथि हुगुमै रहेकालाई सुरक्षित स्थानमा छन्, यसका बारेमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकालाई सूचना दिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja