पोखराका मेयर आचार्यको अनुरोध : ‘मलाई धरान र काठमाडौंका मेयरसँग तुलना नगरिदिनु ’



पोखरा

सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट ।’ गठबन्धनबाट मेयर बनेका आचार्यले पोखरा महानगरमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने एक्लो पात्र थिए ।

धरान, काठमाडौं र धनगढीका मेयरजस्तै उनी पनि कार्यपालिकामा अल्पमतमा पर्ने भएकाले आफूलाई स्वतन्त्रबाट जितेका ती जनप्रतिनिधिसँग आफैंले दाँजेका थिए । तर सोमबार महानगरले राखेको पत्रकार सम्मेलनमा भने मेयर आचार्यले धरान र काठमाडौं महानगरसँग आफूलाई नदाँज्न आग्रह गरेका छन् ।

कार्यक्रममा काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराकाम मेयर किन छायाँमा परेको भन्ने प्रश्न आएको थियो । ‘कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ विशेषगरी धरान र काठमाडौंलाई लिएर । यसमा मलाई तुलना नगरिदिनुहुन अनुरोध गर्दछु,’ मेयर आचार्यले भने, ‘त्यो नै काम गर्ने शैली हो भन्ने पनि होइन । कम्तिमा ५ वर्ष काम गर्ने भएपछि विधि, प्रक्रिया पु¥याएरै गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

मेयर आचार्यले आफूहरु अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको बताए । ‘हाम्रो पहिलो काम भनेको डाटा कलेक्सन हो, अहिले त्यसमा काम गरिरहेका छौं । देखिने गरी साउन १ गतेबाट काम हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja