राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङले जित्यो



पोखरा

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो । दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा रह्यो । उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले नगद १० हजार प्राप्त गरेका छन् ।

बिहीबार र शुक्रबार पोखरा रंगशालामा भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य र छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरूलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने र असार २७ गते काठमाडौं पठाइने सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja