पोखरा वडा नं. १५ मा ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम



पोखरा

पोखरा महानगरपालिका वडा नं. १५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम आयोजना गरिएको छ । वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा-१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, अधिकार र कानुनी सचेतनाबारे जो कोही जानकार रहनुपर्ने बताए । उनले यसबारे सूचना प्रदान गर्न र वडामा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आगामी बजेटमा पनि प्राथमिकतामा राखिएको बताए ।

पोखरा महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार राममणि अधिकारीले समाजमा बस्दा आइपर्ने विविध समस्याहरूका बारेमा महिलाले गर्नुपर्ने सहजीकरणका साथै विवाद समाधानका लागि कदम चाल्नुपर्ने बताए । उनले विवाद आइपरेमा दोहोरो पक्षको कुरा सुन्ने, न्याय अन्याय छुट्याउने, छिमेकीसँग कुरा गर्ने र विवाद समाधानका उपाय निकाल्नु पर्नेमा जोड दिए ।
 
यस्तै, प्रशिक्षक भोलानाथ पौडेलले बालबालिकाको संरक्षण, पालन पोषण, शिक्षा लगायत चेतना अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताए । उनले ‘बच्चाले जे भोग्छ, त्यही सिक्छ’ भन्दै भविष्यमा बालबालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी बाबुआमा तथा संरक्षकको हातमा रहने भन्दै उनीहरूको बाल मस्तिष्क अनुकूल वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । 

पौडेलले बालबालिकालाई दिइने यातना, बालबालिका अनुकूल न्याय, जोखिममा रहेका बालबालिकाको संरक्षण, उनीहरूको अधिकार र दायित्वबारे जानकारी गराएका थिए ।  सामाजिक अभियन्ता शुष्मा पौडेलले ‘आज खुशी हुन नसक्ने मानिस सधैंभरि खुशी रहन नसक्ने’ भन्दै खुशी रहन अपनाउनुपर्ने उपायहरू बारे जानकारी दिइन् ।

मानिस जन्मिएर जान्ने बुझ्ने भएपछि मृत्यु पर्यन्त खुशीको आशमा बस्ने गरेको भन्दै उनले खुशी कसैले नदिएर आफै भित्र खोज्नुपर्नेमा जोड दिइन् । उनले महिला हिंसाबारे महिलाहरू नै सचेत भएर हक अधिकारको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja