पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय पिसिआर परीक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको जनाएको छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja