अभिनेत्री नीता ढुंगानाले गरिन विवाह



पोखरा

ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् ।

विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूको काठमाडौंको एक होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन ।

विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन् ।नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja