पोखरामा चैते–५ धानको सफल परीक्षण, खेतीमा राम्रो उत्पादन



पोखरा

पोखरा १३ को आर्वा फाँटमा चैते–५ जातको धानको परीक्षण सफल भएको छ ।

परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।चैते(५ लगाएका किसानहरू सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरू खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, ‘चामलको स्वाद मिठो छ । त्यसैले यो धान किसानले प्रयोग गर्दा फाइदा बढी छ ।‘यो धान अरुभन्दा दोब्बर फल्छ । धान मसिनो र खान पनि मिठो छ,’ उनले भने, ‘यसको प्रवर्द्धन गर्न सके पोखरामा आयात घट्दै जान्छ ।’ चैते ५ जातको धान १२० दिनमा पाक्ने विज्ञहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja