पोखरामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै



पोखरा

 गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो ।   पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा कास्कीसहित स्याङ्जा, मुस्ताङ, पर्वत, गोरखा, लमजुङ, नवलपुर, तनहुँ बागलुङ र म्याग्दीको सहभागिता रहेको छ ।  वर्षाका कारण सडक अवरोध भएका कारण मनाङले सहभागिता जनाएको छैन । प्रतियोगितामा १० जिल्लाका करिव ५७४ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत टिम गेमतर्फ एथलेटिक्स, भलिबल, कब्बडी र मार्शल आर्टतर्फ तेक्वान्दो, उसु र कराँते खेल हुनेछन् ।  प्रतियोगिताको समापन भोलि हुने र सो प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोटसमेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja