पोखरा–सिक्लेस सडक आजदेखि पुन: सञ्चालनमा 



पोखरा

असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ ।

आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको बीचमा र मादी-१ को पुदू खोलाको वारि, पारि दुवै भागमा पहिरोले सडक भत्काएको थियो । एक्साभेटरले पहिरो पन्छाउनमात्रै ५ दिनभन्दा बढी लागेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजङ गुरुङले जानकारी दिए ।

पहिराले मुख्य सडक क्षति पुर्‍याउँदा पोखरा–सिक्लेस सीधा सम्पर्क टुटेको थियो । आवतजावतका लागि ताङतिङको बाटो प्रयोग गरे पनि पर्यटक, बिरामी तथा वृद्धवृद्धा आउजाउ गर्न समस्या भएको गाउँपालिकाले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja