पोखरामा ‘सातौं इक्यान शैक्षिक मेला’ सभागृहमा हुदै



पोखरा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ यहि शुक्रबार र शनिबार पोखराको सभागृह हलमा हुने तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरिएको बताए । ‘मेला बृहत हुनेछ ।

शैक्षिक मेलामा विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच लगायत विविध विषयका लागि पनि मेला उपयोगी हुनेछ । विद्यार्थीले सही सूचना पाउनेछन् ।’ उनले भने ।

उनले इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी एवं तिनका अभिभावकहरुको लागि प्रभावकारी भएकाले मेलालाई निरन्तरता दिइएकोे बताए । साथै उनले शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति,रहनसहन, वातावरण,समाज सम्वन्धित कलेजहरु तथा विश्वविद्यालयमा लाग्ने शिक्षण शुल्क, स्वास्थ्य विमा, अध्यागमन शुल्क आदिको वारेमा अध्यावाधिक र आधिकारिक जानकारी लिने थलोको रुपमा इक्यान शैक्षिक मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशको सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा इक्यान कास्की स्थापित भएकाले मेलाप्रति विद्यार्थीको विश्वास बढेको संस्थाका अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए । उनले शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धी निर्देशिका २०६८ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त यो मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिव ४० स्टलबाट आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श निःशुल्क रुपमा दिईने बताए ।

मेलाको टाईटल स्पोन्सर इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्सका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले नीजि परामर्श दातृ संस्थाहरुको छाता संगठन इक्यान कास्कीले शैक्षिक गतिविधिलाई बढाउन गरेको अभ्यास सुखद् रहेको उल्लेख गरे । पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेकाले मेलामा विद्यार्थीको आकर्षण बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja