पोखरामा सवारी दुर्घटना, तीन जना घाइते



पोखरा

पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् । प्रताप र छोरीको अवस्था सामान्य रहेपनि रमाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रमाको रमाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालाको सघन उपचार कक्षामा उपचार भइरहेको बताइन्छ । 

पोखरा महानगरपालिका वडा नं. ३२ मजुवामा प्रताप सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रतापको परिवार पोखराबाट तनहुँको भिमादतर्फ जानेक्रममा दुर्घटना भएको बताइन्छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja