रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेन युद्ध जारी राख्न आदेश



पोखरा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् ।

लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ । एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् ।

युक्रेनको लिसेचान्स्कमा कब्जा गरिसकेपछि पनि रुस अगाडि बढेको हो । उता युक्रेनले लिसेचान्स्क सहर गुमेपछि त्यसको पश्चिमतर्फ रुसी सेनालाई अगाडि बढ्न नदिने रणनीति अख्तियार गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने दाबा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja