कास्कीका पुष्पज्योति ऊर्जा तथा जलस्रोत विभाग सचिव



पोखरा

नेकपा एमाले कास्कीका नेता पुष्पज्योति ढुंगाना पार्टीको ऊर्जा तथा जलस्रोत विभाग सचिव बनेका छन् । 

एमालेले विभिन्न केन्द्रीय विभागका सचिव मनोनयन गर्नेक्रममा ढुंगानालाई ऊर्जा तथा जलस्रोत विभाग सचिवमा मनोनित गरेको हो । पार्टीको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको थियो ।

यसैगरी एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी छन् । 

स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja