बंगलादेशमा बाढीमा परी १ सय २ जनाको मृत्यु



पोखरा

बंगलादेशी अधिकारीहरुले दिएको जानकारीअनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो ।

कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी नै रहेको बताइएको छ । बाढीसँगै बगेर आएका सर्पले डसेर, चट्यांग लागेर र बाढीले बगाएर कैयौँको ज्यान गएको बताइएको छ । त्यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन् ।

उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja