धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण गर्न माग



पोखरा

गत बर्ष असोजमा बेमौसमी बर्षाका कारण धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

विभिन्न पालिकाका कुल ४८६ जना पीडित किसानका लागि ३९ लाख ८२ हजार ७४५ राहत रकम माग गरिएको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

पालुङटार नगरपालिकाका ८६ जना किसानका लागि ९ लाख २९ हजार, आरुघाट गाउँपालिकाका ९५ किसानका लागि ६ लाख ८१ हजार र सिरानचोकका ४१ किसानका लागि ५ लाख ३८ हजार रुपैयाँ राहत माग गरिएको उनले जानकारी दिए ।

त्यस्तै शहीद लखन गाउँपालिकाका ४५ किसानका लागि ४ लाख ६८ हजार, बारपाक सुलिकोटका ९८ किसानका लागी ४ लाख ३२ हजार, भीमसेन थापाका ५१ किसानका लागि ४ लाख ९९ हजार र अजिरकोट गाउँपालिकाका ७० किसानका लागि ३ लाख ८५ हजार रकम माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

‘चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाबाट निवदेन आएन, गोरखा नगरपालिकाको आज टुंग्याउछौ,’ समिति संयोजक भण्डारीले भने । बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसार रकम वितरण गर्न लागिएको उनले जानकारी दिए ।

सम्बन्धित पालिकामा रहेको स्थानीय विपद व्यवस्थापन समितिबाट सिफारिस भई आएका किसानका लागि माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja