अर्थर गनले नेपालमा पोखरासहित सात सहरमा कन्सर्ट गर्ने



पोखरा

अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् । हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् । सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् ।

कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ । काँकडभिट्टा कन्सर्टबारे निर्णय भइसकेको छैन । ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् । नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा यसलाई अघि बढाउने तयारी समेत छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja