युक्रेनको ओडेसामा रुसी मिसाइल आक्रमणका कारण १८ जनाको मृत्यु



File image

पोखरा

रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ ।

ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो । 

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केही दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ । डीएसएनएसले सार्वजनिक गरेको भिडियो फुटेजमा क्षतिग्रस्त ९ तले भवनमा आगो नियन्त्रकहरू उद्धारमा खटिरहेको देखिन्छ ।

रुसी युद्धविमानबाट कृष्ण सागरमा मिसाइल प्रक्षेपण गरिएको ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरी ब्राचुकले जानकारी गराए ।राति गरिएको आक्रमणमा सोभियत–एरा एक्स–२२ प्रहार गरिएको प्रवक्ता ब्राचुकले आशंका गरेका छन् । मोस्कोले भने सो विषयमा कुनै टिप्पणी गरेको छैन ।

-ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja