पोखरा महानगरपालिकाले तोक्यो उत्पादनको बिक्री मूल्य, खुर्सानी प्रतिकिलो ५२ रुपैयाँ



पोखरा

पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ ।

लगानी र मेहनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्य सूची सार्वजनिक गरेकी हुन् ।

पोखराको पहिचानका रूपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायो साग, गोलभेँडा, सिमी, घिरौँला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो । महानगरले तोकेको मूल्यअनुसार पोखरेली जेठोबुढो धान प्रतिकिलो ९० रुपैयाँ छ ।

मह ७५० रुपैयाँ प्रतिकिलो छ भने खुर्सानी ५२ रुपैयाँ किलो तोकिएको छ । तर, पोखरा महानगरले तोकेको मूल्यमा उक्त उपज पाउन मुस्किल छ । यहाँका मण्डीहरूमा निकै महँगो तिरेर उपभोक्ताले खाद्यान्न तथा तरकारी खरिद गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja