झण्डै ४७ वर्षपछि पोखरा बसपार्कको रुप फेरिँदै



पोखरा

जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै पोखरा बसपार्कको रुप फेरिँदैछ । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ ।पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए ।

यसैबीच पोखरा बसपार्कको मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja