असार १५ सम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकियाे



पोखरा

लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएकाे थियो ।

लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja