पोखरामा पर्यटन व्यवसायीहरु धान दिवस साथ मनाउदै



पोखरा

आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ । सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो । ब्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाईं महोत्सवको महत्व पोखरामा झन् बढी छ । यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ । हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाईं संस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन् ।

खेतीयोग्य जमिनकाे संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन् ।

प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja