पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण
पोखरा
पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् ।
हाल नेपालमा २ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।