पोखराको हेमजामा १५ गते रोपाइँ महोत्सव हुने



पोखरा

यस वर्षको १७औं रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा असार १५ गते हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हेमजाको टमाइस्थानस्थित करिब १० रोपनी क्षेत्रफलमा असारे महोत्सव गर्न लागिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईका अनुसार हेमजाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कुँबर, मैना केसी र प्रकाश पौडेलको खेतमा रोपाई महोत्सव गर्न लागिएको हो । 

महोत्सवमा साउँने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुने संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

साउँने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः सात हजार र पाँच हजार रुपैया पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजक अनुमान छ । महोत्सवमा ५०० विदेशीसहित करिब १० हजारले अवलोकन गर्ने आयोजकको दावी छ ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराइले बताए । शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी हुने उनले बताए ।

उनले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताए । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja