पोखराको एक मोवाइल पसलमा आगलागी, तीन लाख रुपैयाँको क्षति 



पोखरा

पोखराको एक मोवाइल पसलमा बुधबार राति आगलागी भएको छ ।

सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी एण्ड बी मोवाइल पसरमा विद्युत सर्ट भएर आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मोवाइल पसल स्थानीय विकास सुनारले सञ्चालन गर्दै आएका थिए । प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगोलागीबाट कोठामा भएका सामानहरु जली नष्ट भई करिब तीन लाख बराबरको क्षति भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja