विश्वभर ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि डब्ल्यूएचएनद्वारा महामारी घोषणा



पोखरा

विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित  भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ ।

व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो । 

कुनै राेगकाे सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रूपमै  ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ।

अहिले  ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचएनले जनाएको छ। यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रुत रूपमा फैलिरहेको संगठनले जनाएको छ।मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।  

यो भाइरसका कारण मानिसको मृत्यु नै नहुने भएपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja