गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा



पोखरा

शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ ।

शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन दिएका ४१ जनालाई बढुवा गरेको सूचनामा उल्लेख छ ।

प्रदेश बढुवा समितिले आयोगको नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित बढुवाको सिफारिस गरेको जनाएको छ ।

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबझेमा सूचना प्रकाशित भएका मितिले ३५ दिनभित्र तोकिएको राजश्व तिरि निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja