अफगानिस्तानमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो



पोखरा

अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ।

भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ। भूकम्पका कारण सयौँ घर भत्किएका छन्।

अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। मानिसहरू सुतिरहेका बेला गएराति साढे एक बजे भूकम्प गएको थियो।

भूकम्पको धक्का राजधानी काबुलसहित, पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja