आज बिहान पोखरामा भूकम्प जाँदा घर भत्किँयो



पोखरा

पोखरामा बिहीबार बिहान भूकम्प जाँदा एउटा घर भत्किएको छ।

बिहान ३ :५७ बजेको समयमा गएको भूकम्पका कारण पोखरा महानगरपालिका वडा नं -२४ कास्कीकोट स्थित दोपरे निवासी ३९ वर्षीय पूर्ण हरी सुवेदीको घर भत्किएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार सुवेदीको ढुङ्गा माटोले बनेको र ढुङ्गाले छाएको २ तले ३ कोठा सहितको घर भूकम्पका कारण भत्किएको हो। घर भत्किँदा सुवेदीका १५ वर्षीया छोरी करिश्मा सुवेदी समेत घाइते बनेकी छन्।

घाइते करिश्माको पोखरामा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घटनाको सूचना लगत्तै प्रहरी र स्थानीय उद्दार कार्यमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja