सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते 



पोखरा

सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको हो । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा१झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा पाँच जना सवार रहेका थिए ।

जीपमा सवार अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए ।  ब्रेक फेल भएर जीप दुर्घटना भएको अनुमान प्रहरीको छ । जीप सडकबाट २० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja