तनहुँमा १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको एक जना पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय तनहुँले १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । गुरुङ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ थाङ्दी डेरा गरी बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बालिकाका परिवारले गत बैशाख १६ गते गुरुङले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिएपश्चात गुरुङको खोजी भइरहेको र उनलाई सोमबार पक्राउ गर्न सफल भएको हो । उनीमाथि नावालिका करणी मुद्धा अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja