बागलुङको ताराखोलामा विषालु च्याउ खाँदा ४ जना बिरामी



पोखरा

बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका-५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् ।

घाइतेको गलकोट ‘इमर्जेन्सी पोलिक्लिनिक’ हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  हिजो बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेपछि आज बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको छ । उनीहरूको स्वस्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja