मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुद्वारा पोखरामा प्रदर्शन



पोखरा

इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरामा विरोध प्रदर्शन गरेको छ ।

पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस गेट अगाडि सडकमै चिया पकाएर खाई रचनात्मक विरोध गरेको हो । यस्तै, विरोध प्रदर्शनका क्रममा अखिलमाथि प्रहरीले गरेको धरपकडको विरोधमा मुखमा कालो टेप बाँधी सांकेतिक विरोध पनि गरेको छ । प्रदर्शनकारीहरूले ‘गठबन्धनको उपहार, महँगी र भ्रष्टाचार’, ‘अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार’ जस्ता नारा लगाएका थिए ।

सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja