छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिने पोखरा मेयर धनराज आचार्यको घोषणा



पोखरा

छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणा सहित पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधवार पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले सो कार्यक्रम सार्वजनिक गरेका हुन् । १२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी आचार्यले सो घोषणा गरेका हुन् ।

आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् । जस अन्तरगत दीगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पुर्वाधार विकास लगायतका बुँदाहरु समेटिएका छन् ।

यसैगरी महानगरले ‘कृषि उत्पादनमा बृद्धि, महानगरको सम्बृद्धि’ को अवधारणा पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जसका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान सञ्चालन गरिनेछ । मेयर आचार्यले आगामी दुई वर्षभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाईने घोषणा गरे ।

यस्तो घोषणा उनी अघिका मेयर मानबहादुर जिसीले पनि गरेका थिए । तर उनको घोषणा घोषणामा मात्रै सीमित भयो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja