उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा भित्रिए १० हजार पर्यटक



पोखरा

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् ।

गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो ।

पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् ।

अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव उपसचिव विदेशी कूटनीतिक नियोगका कर्मचारी गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् ।

अधिकांश आन्तरिक पर्यटक स्थल मार्ग र केही हवाई मार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । उनले भने अझै दसैँ–तिहारमा रारा घुम्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

रारामा पर्यटकीय सुविधायुक्त होटेल अभावका कारण घुम्न आएका पर्यटकलाई गाँसबासको समस्या झेल्नु परेको छ । अर्कोतिर मुगुमा भरपर्दो हवाई सेवा नहुँदा पर्यटकलाई इच्छा अनुसार आउजाउ गर्न कठिन हुने गरेको छ । रारा जोडने गमगढी नाग्मा सडक पक्की नहुँदा पर्यटक सास्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja