बुधबारदेखि सबै हवाई सेवा बन्द गर्ने घोषणा 



पोखरा

वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधबारदेखि सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाडौंबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja