पर्वतबाट मोटरसाईकल चोरीमा संलग्न रहेकका २ जना पक्राउ



पोखरा

मोदी गाउँपालिका-६ तिलाहार बस्ने याम बहादुर केसीको घर अगाडि पार्किङ गरी राखेको ध.१ प २४९२ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कुश्मा नगरपालिका-११ बस्ने २८ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शुक्रबार बिहान पार्किङ गरी राखेको ठाउँबाट मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई आफनै घर वतनमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरू माथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja