आज जुन २१ वर्षकै लामो दिन, आजको दिन १३ घण्टा ४५ मिनेटको हुने
पोखरा
आज जुन २१ तारिख, वर्षकै लामो दिन हो। आज सूर्यको प्रकाश लामो समयसम्म पृथ्वीमा रहन्छ । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलार्द्धमा २१ जुनमा दिन लामो हुन्छ। नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ। जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ।