बजबरजस्ती करणी गरेको आरोप लागेका मनोजलाई थुनामा पठाउन अदालतको आदेश



पोखरा

जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो । प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो । अदालतको यो आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाईएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डे संलग्न बाल यौन दुरुपयोगको कसूरमा चाहिँ पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ । गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनको भनाइ थियो । घटनाबारे तत्कालीन कोरियोग्राफर एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतलाई बताए पनि राम्रो साथ नपाएको उनको आरोप थियो ।

हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो ।

यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja