अभिनेत्री सुनिशाले गरिन राज आचार्यसँग विवाह



पोखरा

हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेका छन् ।

टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर लामो समय अभिनय गरेका राजले सुनिशासँग आज विवाह गरेका हुन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका हुन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरूले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । सुनिशाले अघिल्लो मंगलबार मात्र फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् ।

दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’ भन्दै सुनिशालाई शुभेच्छा दिएपछि यी दुईको विवाहको चर्चा सुरु भएको थियो । अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् ।

बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । बर बधू पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja