बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक निर्माण सुरु



पोखरा

लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे- बेँसीसहर-चामे सडक योजना प्रमुख अच्युत विलास पन्तले बताए ।

उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबै खाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक कार्यालयले जनाएको छ ।

पहिरोमा दीर्घकालीन काम गर्न सडक निर्माणका लागि असारमा निर्माण कम्पनीसँग सम्झौता हुने कार्यालयले जनाएको छ । हाल बेसिसहर-डुम्रे सडकखण्डको उदिपुरबाट ठूला सवारीसाधन आवतजावत गर्न पाएका छैनन् । साना सवारीसाधन भने उदिपुर-१ धिमिरे गाउँ हुँदै आवतजावत गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja