जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी



पोखरा

जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ, एमालेकी सुस्मिता सिन्चौरी र कांग्रेसकी राधा बराल विश्वकर्मा निर्वाचित भएकी छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् ।

जिसस मनाङको निर्वाचनबारे बुधबार संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, निवर्तमान जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं  प्रतिनिधिको रोहबरमा गोलाप्रथाबाट प्रमुख र उपप्रमुख छानिएको थियो ।

निर्णय अनुसार गोलाप्रथाबाट प्रमुख पर्नेले  ३ सदस्य तथा  उपप्रमुख पर्नेले ४ सदस्य पाउने सहमति भएको थियो । सोही अनुसार नेकपा एमालेले प्रमुख र ३ सदस्य र गठबन्धन दलले उपाध्यक्ष र ४ सदस्य पाएको पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए । जिल्लास्थित राजनीतिक दलबीच भएको सहमति अनुसार बिहीबार मनोनयन  दर्ता गरिएको  थियो । सबै पदमा एकल उम्मेदवारी परेको थियो ।  

बुधबार गोलाप्रथाबाट प्रमुख र उपप्रमुखको नाम छानिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए  ।

-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja