पोखरा पुम्दीमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रिसोर्ट निर्माण हुदै



पोखरा

पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीमा सुविधासम्पन्न रिसोर्ट निर्माण हुने भएको छ ।

अनामिका रिट्रिट प्रालिले रिसोर्ट निर्माण गर्ने भएको हो । रिसोर्ट एक वर्ष भित्रै तयार गरिसक्ने लक्ष्य छ । रिसोर्टमा थेरापी, साउना, स्टिमको सुविधासमेत हुनेछ ।

यसअघि शैक्षिक परामर्श, स्वास्थ्य, ट्राभल्सलगायतमा संलग्न रमेशकुमार थापा र उनका छोरा विश्वास थापाले रिसोर्टमा पनि लगानी गर्न लागेका हुन् । थापा एक्स्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसका प्रवन्ध निर्देशक, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष र अनामिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।

२२ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको रिसोर्टमा करिब २२ करोड रुपैयाँ लगानी हुने सञ्चालक रमेशकुमार थापाले जानकारी दिए । उनका अनुसार रिसोर्टमा ४० वटा सुविधासम्पन्न कोठाहरु हुने र अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गर्ने लक्ष्य छ ।  आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट निर्माण गर्न लागिएको थापाले बताए । 

प्रवन्ध निर्देशक विश्वास थापाका अनुसार पार्टी तथा मिटिङका लागि व्यवस्थित हल, स्विमिङ पुल, बच्चाका लागि प्लेग्राउण्ड, पिकनिक स्पटसमेत रिसोर्ट भित्रै निर्माण हुनेछन् ।  पुम्दीकोट पुग्ने पर्यटकलाई लक्षित गरि रिसोर्ट निर्माण गर्न लागिएको हो ।

रिसोर्टस्थलबाट फेवाताललगायत पोखराको दृश्यावलोकन गर्न सकिन्छ । थापाका अनुसार रिसोर्टमा ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । आर्या कन्स्ट्रक्सनले निर्माण गर्ने रिसोर्टको बुधबार शिलान्यास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja