पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने 



पोखरा

पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो ।

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja