पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते



पोखरा

पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

आज साँझ ग १ ज ४३३७ नम्बरको ट्याक्सी, ग ३ प ९१६६ नम्बरको मोटरसाइकल र ग १ झ ५२६ नम्बरको सरकारी गाडी एकआपसमा ठक्कर खाएका हुन् ।

मोटरसाइकल चालक कास्की पोखरा २२ पुम्दीभुम्दीका अनन्त भुजेल घाईते भएका छन् । २३ वर्षीय भुजेलको मेट्रो हस्पिटलमा उपचार भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा परेका सवारीहरु प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्सी र मोटरसाइकलमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja