प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न गण्डकी सरकारको चासो



पोखरा

गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट वक्तव्यबाटै पोखराबाट प्याराग्लाइडिङको वैकल्पिक विस्थापनको खोजी गर्न बजेट छुट्याएको छ ।

यद्यपि बजेट रकम भने खुलेको छैन । अर्थमन्त्री रामजी बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको बताए । सरकारले यसपालि पर्यटनलाई चासोका साथ बजेट विनियोजन गरेको छ । होमस्टे प्रबर्द्धनदेखि साहसिक पर्यटनसम्म चासो दिइएको छ ।

प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपनलाई, बञ्जीजम्प, बीच टुरिजम तथा वाईल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन भएको बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja